Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

‘अध्यादेशको पक्षमा सरकार छैन, बिजनेस दिन अधिवेशन स्थगित’

‘अध्यादेशको पक्षमा सरकार छैन, बिजनेस दिन अधिवेशन स्थगित’

काठमाडौँ : सरकारले संसद्लाई पर्याप्त बिजनेस दिनका लागि यसअघि बोलाएको संसद्को अधिवेशन स्थगित गर्नुपरेको जनाएको छ । 

शुक्रबार पत्रकार सम्मेलनमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै सरकारका प्रवक्ता सस्मित पोखरेलले यस्तो बताएका हुन् ।  ‘संसद्लाई पर्याप्त बिजनेस दिनका लागि संसद् अधिवेशन स्थगित गरिएको हो’, मन्त्री पोखरेलले भने, ‘सरकारले विधेयकमार्फत नै कानुन बनाउने हो ।’

उनले सरकार अध्यादेश ल्याउने पक्षमा नरहेको पनि बताए । ‘सरकारले अध्यादेश ल्याउँदैन’, मन्त्री पोखरेलको भनाइ छ । यसअघि सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १७ गते संसद्को दुवै अधिवेशन आह्वान गरे पनि बैठक नै नबसी बिहीबार पुन ‘विशेष कारणवश’ संसद् अधिवेशन स्थगित भएको सूचना राष्ट्रपति कार्यालयले जारी गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij