काठमाडौँ : रोटी नेपाली भान्साको महत्त्वपूर्ण परिकार हो । लगभग हरेक घरमा रोटी खाइन्छ ।
समय बचत गर्न धेरैजसो मानिसहरूले पीठो मुछेर पहिल्यै फ्रिजमा राख्ने गर्छन् । तर, केही घण्टा पछि पीठो कालो हुन थाल्छ । यसले पीठाेको रङ्ग त बिगार्छ नै स्वाद र सुगन्ध पनि परिवर्तन गर्छ । यो किन र कसरी हुन्छ ? केही सरल सुझावहरू पालना गरेर तपाईँ पीठोलाई लामो समयसम्म ताजा राख्न सक्नुहुन्छ।
किन कालो हुन्छ मुछेर राखेको पीठो ?
जब पीठो मुछेर फ्रिजमा राखिन्छ, यो हावा र ओसिलोपनको सम्पर्कमा आउँछ । पीठोलाई राम्ररी छोपिएको छैन भने, यसको सतह सुक्न र रङ्ग परिवर्तन हुन थाल्छ । यसबाहेक, लामो समयसम्म राख्नाले पिठोमा अक्सिडेशन हुन सक्छ, जसले गर्दा यो कालो वा खैरो देखिन सक्छ । यही कारणले गर्दा फ्रिजमा राखिएको पीठो चाँडै बिग्रन सक्छ ।
पीठोलाई ताजा राख्न यसलाई हावा छिर्न नपाउने भाडामा हालेर राख्नुपर्छ । पिठोको डल्ला बनाएर यसको बाहिरी पत्रमा थोरै घिउ वा तेल लगाउनुहोस् । यसले पीठो सुक्न वा कालो हुनबाट रोक्छ । हावा पस्न नदिन पीठोको डल्लोलाई सफा कपडा वा क्लिङ र्यापले ढाकिदिनुस् । हावाको सम्पर्कले पीठोलाई चाँडै बिगार्न र कालो बनाउन सक्छ ।
पिठो मुछ्दा गर्नु हुन्न यी गल्ती
पिठो मुछ्दा धेरै पानी प्रयोग नगर्नुहोस् वा धेरै कडा नपार्नुहोस् । मनतातो पानीले मुछ्दा रोटीहरू नरम हुन्छन् । पिठो मुछ्दा थोरै थारै गरेर पानी हाल्नुहोस् । एकैचोटि धेरै पानी थप्दा पीठो बिग्रन सक्छ । पीठो राम्ररी मुछ्नु महत्त्वपूर्ण छ । ५–१० मिनेटसम्म पिठो मुछ्दा रोटीहरू नरम हुन्छन् र फुल्छन् पनि।
नरम र स्वादिष्ट रोटी बनाउन चाहनुहुन्छ ? यी साधारण कुराहरूलाई ध्यानमा राख्नुहोस्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij