Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

नवलपरासीमा आगलागी, १२ घर जले

नवलपरासीमा आगलागी, १२ घर जले

नवलपरासी : पश्चिम नवलपरासीको प्रतापपुर- ५ भैरमपुरका १२ घर जलेका छन्। त्यसबाट रु चार करोड बढीको क्षति भएको छ। आगलागी मङ्गलबार दिउँसो भएको हो।

जिल्ला प्रहरी कार्यायलका सूचना अधिकारी वीरदत्त पन्तका अनुसार सबै घर खरानी भएका छन्। घरमा रहेका जिन्सी र नगदसहित रु चार करोड ४४ लाख ८० हजार बराबरको क्षति भएको अनुमान गरिएको छ।

यसैबीच, प्रतापपुर गाउँपालिका र नेपाल रेडक्रस सोसाइटीले अग्निपीडितलाई राहत सामग्री वितरण गरेका छन्। प्रतिनिधिसभा सदस्य विक्रम खनालले पनि पीडितहरुलाई राहत सामग्री उपलब्ध गराउन आफू क्रियाशील रहेको बताएका छन्। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij