Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

बुटवलमा फुटपाथ व्यवसायीमाथि भएको दमनको प्रगतिशील लोकतान्त्रिक पार्टीद्वारा विरोध

बुटवलमा फुटपाथ व्यवसायीमाथि भएको दमनको प्रगतिशील लोकतान्त्रिक पार्टीद्वारा विरोध

बुटवल : बुटवल उप-महानगरपालिकाले फुटपाथ हटाउने बहानामा व्यवसायीमाथि गरेको दमन र सामान लुटपाटको घटनाप्रति प्रगतिशील लोकतान्त्रिक पार्टी, रुपन्देहीले कडा आपत्ति जनाएको छ ।

पार्टीका जिल्ला अध्यक्ष कृष्णकुमार बन्जाडेद्वारा जारी विज्ञप्तिमा, नगरको सौन्दर्यकरण गर्ने काम सकारात्मक भए पनि अमरपथ लगायतका क्षेत्रमा नगर प्रहरीले व्यवसायीलाई हातपात गर्ने, पसलभित्रै पसेर सामान लैजाने र कुटपिट गर्ने जस्ता कार्य निन्दनीय भएको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, 'प्रशासन दादागिरीबाट चल्दैन, सभ्यता र धैर्यताबाट समस्याको समाधान खोजिनुपर्छ ।' पार्टीले लुटिएका सामान तत्काल फिर्ता गर्न र दोषी कर्मचारीमाथि कारवाही गर्न माग गरेको छ ।

साथै, फुटपाथ व्यवसायीका लागि निश्चित ठाउँ निर्धारण गरी व्यवसाय गर्ने वातावरण मिलाउन र ई-रिक्सा चालकहरूको मागलाई पनि तत्काल सम्बोधन गर्न नगरपालिकाको ध्यानाकर्षण गराइएको छ । माग पूरा नभए र अराजकता नरोकिए जनताको आन्दोलनमा पार्टीले पूर्ण समर्थन गर्ने चेतावनी अध्यक्ष बन्जाडेले दिएका छन् । 

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij