हुम्ला : खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडले बिक्री गर्दै आएको अरुवा मोटो चामलको मुल्य घटेको छ। लिमिटेडले नयाँ वर्षको अवसर पारेर उपभोक्ताहरुलाई सहयोग पुग्ने गरी उक्त चामलको मूल्य घटाएको हो।
नयाँ वर्षको अवसरमा खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडको ढुवानी अनुदानको खाद्यान्नमा अरुवा मोटो चामलमा प्रतिकेजी पाँच रुपियाँ मुल्य घटाईएको लिमिटेड हुम्ला शाखाका प्रमुखले जनाएको छ। मुल्य घटेपछि अव सो चामल प्रतिकेजी एकाउन्न रुपियाँमा बिक्री सुरु भएको होे।
यसअघि प्रतिकेजी ५६ रुपियाँ मुल्य पथ्र्यो। लिमिटेडले पच्चीस केजीको उक्त चामलको बोरालाई एक हजार २७५ रुपियाँमा बिक्री सुरु गरेको छ। हाल लिमिटेडको हुम्ला शाखाले अरुवा मोटो सादा र अरुवा मोटो पोषण तत्व मिसाएको चालम बिक्री गर्दै आएकोमा अब दुवै खाले चामलको मूल्य घटेको र त्यो घटेको मुल्य समेत लागु भई सकेको छ।
हाल लिमिटेडको शाखाको गोदाममा दुई हजार क्वीन्टल सो चामल रहेको छ। गत बिहीबारबाट सो चामललाई घटेको मुल्यमा बिक्री गरिएको छ। त्यसैगरि सर्केगार्ड गाउँपालिकाको सर्केगार्ड डिपो र अदानचुली गाउँपालिकाको श्रीनगर डिपोबाट पनि सो खाद्यान्न घटेको मुल्यमा बिक्री गर्न लागिएको छ। अन्य खाद्यान्नको मुल्य भने यथावत रहेको शाखाले जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij