Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

भारतीय सीमावर्ती क्षेत्रमा नेपालीले कति पाउँछन् इन्धन ?

भारतीय सीमावर्ती क्षेत्रमा नेपालीले कति पाउँछन् इन्धन ?

काठमाडौँ : नेपालमा पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भएपछि भारतीय सीमावर्ती क्षेत्रमा नेपाली सवारी साधनको भीड बढ्न थालेको छ । जसका कारण सीमा क्षेत्रका भारतीयहरूले समेत पेट्रोलियम पदार्थको अभाव झेल्न थालेका छन् ।

नेपालमा भएको पेट्रोलियम पदार्थको मूल्य वृद्धिको तुलनामा भारतीय सीमावर्ती क्षेत्रमा मूल्य निकै कम छ । मूल्यको यही ठुलो अन्तरको फाइदा उठाउन नेपालीहरू सवारी साधन लिएर सीमावर्ती क्षेत्रमा जान थालेका छन् ।

स्थानीय जनताको समस्या र इन्धनको कालोबजारीलाई रोक्न भारतीय विहार नौतनवाका एसडीएम नवीन प्रसादले कडा आदेश जारी गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सो क्षेत्रमा पनि अब नेपाली सवारी साधनलाई सीमित मात्रामा इन्धन दिइने भनिएको छ । दुई पाङ्ग्रे सवारी साधनलाई अधिकतम ३ लिटर, साना चार पाङ्ग्रे सवारीलाई अधिकतम १० लिटर र ठुला सवारी साधनलाई अधिकतम २० लिटर मात्र डिजेल वा पेट्रोल उपलब्ध गराइने जनाइएको छ ।

इन्धनको अभावका कारण सीमा क्षेत्रमा विवाद समेत बढ्न थालेको छ । लामो समयसम्म लाइनमा बस्नुपर्दा स्थानीय बासिन्दा र नेपाली सवारी चालकहरूबिच प्रायः भनाभन हुने गरेको छ । स्थानीय बासिन्दाले भारतीय र नेपाली सवारीका लागि छुट्टाछुट्टै लाइनको व्यवस्था हुनुपर्ने र स्थानीय उपभोक्तालाई प्राथमिकता दिनुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij