कालीकोट : महावै गाउँपालिकाले एसइई दिएर बसेका विद्यार्थीलाई शैक्षिक परामर्श दिएको छ।
उनीहरुको भविष्य मार्गदर्शन गर्ने किसिमको शैक्षिक परामर्श गाउँपालिकाले दिएको हो। एसइई दिएर बसेका विद्यार्थीले आगामी दिनमा कसरी अगाडि बढ्ने, कहाँ–के पढ्ने ? भन्नेबारे परामर्श दिएको गाउँपालिकाले जनाएको छ।
एसइई दिएका विद्यार्थी, तिनका अभिभावक र शिक्षकलाई साथै राखेर परामर्श दिइएको गााउँपालिका अध्यक्ष खेमबहादुर सिंहले बताए।
“बालबालिकालाई उचित मार्गदर्शन गर्नसके सही बाटो रोज्न सक्छन्”, उनले भने, “विद्यार्थी, शिक्षक र अभिभावक र सरोकारवालाबीच अनुभव साटासाट महत्त्वपूर्ण भएको छ।”
बालबालिकाको रुचि, चाहना, भविष्यको लक्ष्य, उचित विकल्पबारे विद्यार्थीसँग छलफल गरिएको मनोविमर्शकर्ता खडानन्द चौलागाईले बताए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij