Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

रामेछापमा भूतपूर्व सैनिक सम्मेलन सम्पन्न : १०२ वर्षीया नरमाया कार्की सम्मानित

रामेछापमा भूतपूर्व सैनिक सम्मेलन सम्पन्न : १०२ वर्षीया नरमाया कार्की सम्मानित

रामेछाप : नेपाली सेनाको मध्यपूर्वी पृतना अन्तर्गतका हिमाली र पहाडी जिल्लामा बसोबास गर्ने भूतपूर्व सैनिक तथा एकल महिलाहरूको सहभागितामा ‘भूतपूर्व सैनिक सम्मेलन–२०८२’ को अन्तिम चरण रामेछापमा सम्पन्न भएको छ।

‘सैनिक पुनर्मिलन, हिताधिकारीको कल्याण र कोषको दिगोपन’ भन्ने मूल नाराका साथ आयोजित उक्त सम्मेलनको मुख्य केन्द्र रामेछापको खड्गदल गणमा बलाधिकृत रथी प्रदिपजंग केसीले नेतृत्व गरेका थिए । सम्मेलनमा सो क्षेत्रका करिब ६ हजार ५०० अवकाश प्राप्त सैनिक र उनीहरूका परिवारको उपस्थिति थियो।

सम्मेलनका अवसरमा १०२ वर्षीया एकल महिला नरमाया कार्कीलाई ‘ज्येष्ठ शताब्दी महिला’ का रूपमा विशेष अभिनन्दन गरियो। यस्तै, आफ्ना चार सन्तानलाई नेपाली सेनामा सेवा गर्न प्रेरित गर्ने चार जना अभिभावक, ज्येष्ठ भूतपूर्व सैनिक र उत्कृष्ट उद्यमीहरूलाई पनि प्रशंसा–पत्र र पुरस्कार वितरण गरिएको थियो। फरक क्षमता भएका २४ जना भूतपूर्व सैनिकहरूलाई ह्विलचेयर र बैसाखी समेत प्रदान गरियो।

नेपाली सेनाले यस प्रकारको कार्यक्रमले सेवारत र अवकाश प्राप्त सैनिकहरूबिचको सम्बन्ध प्रगाढ बनाउने विश्वास लिएको छ। सम्मेलनमार्फत सङ्कलित सुझावहरूले कल्याणकारी कोषको सेवालाई शिक्षा, स्वास्थ्य र स्वरोजगारका क्षेत्रमा थप प्रभावकारी बनाउन मद्दत पुग्ने सेनाले जनाएको छ। यससँगै आर्थिक वर्ष २०८२/०८३ का लागि तय गरिएका भूतपूर्व सैनिक सम्मेलनका शृङ्खलाहरू औपचारिक रूपमा सम्पन्न भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij