Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

हिमालयन रियल्टर्सलाई राष्ट्रव्यापी भू-सेवाको अनुमति: घरजग्गा कारोबार अब डिजिटल र पारदर्शी

हिमालयन रियल्टर्सलाई राष्ट्रव्यापी भू-सेवाको अनुमति: घरजग्गा कारोबार अब डिजिटल र पारदर्शी

काठमाडौँ : घरजग्गा व्यवसायलाई मर्यादित, पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्यले क्रियाशील हिमालयन रियल्टर्सले ‘रियल इस्टेट ब्रोकर’ र राष्ट्रव्यापी ‘भू-सेवा’ सञ्चालनको पूर्ण इजाजतपत्र प्राप्त गरेको छ। 

यससँगै, अब देशभरका घरजग्गा कारोबारलाई एकै स्थानबाट सहजीकरण गर्ने मार्गप्रशस्त भएको छ। हिमालयन रियल्टर्सले अत्याधुनिक डिजिटल प्रणालीमार्फत एकद्वार सेवा प्रदान गर्ने लक्ष्य राखेको छ। हाल यो सेवा महानगरपालिका र उप-महानगरपालिका क्षेत्रभित्रका ३ करोड रुपैयाँभन्दा माथिका संस्थागत कारोबारमा मात्र सीमित छ। यद्यपि, छिट्टै यसको क्षेत्राधिकार विस्तार हुने विश्वास कम्पनीले व्यक्त गरेको छ।

घरजग्गा प्रशासन र कारोबारमा रहेका जोखिम न्यूनीकरण गर्दै पूर्ण सुरक्षा प्रदान गर्नु यस सेवाको मुख्य उद्देश्य हो। सरकारको 'नन फेस-टु-फेस' र पूर्णतः बैंकिङ प्रणालीमा आधारित घरजग्गा क्षेत्र बनाउने दीर्घकालीन लक्ष्यलाई साकार पार्न हिमालयन रियल्टर्सले अग्रणी भूमिका खेल्नेछ। कम्पनीले छिट्टै आफ्ना ग्राहकहरूलाई सुरक्षित, आधुनिक र विश्वसनीय घरजग्गा सेवा प्रदान गर्न पूर्ण तयारीमा रहेको जानकारी दिएको छ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij