Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

सङ्खुवासभामा जडीबुटी निकासीबाट चार करोड भन्दा बढी राजस्व सङ्कलन

सङ्खुवासभामा जडीबुटी निकासीबाट चार करोड भन्दा बढी राजस्व सङ्कलन

सङ्खुवासभा :  जिल्ला वन कार्यालयले चालु आर्थिक वर्षमा जडीबुटी बिक्री तथा निकासीबाट रु चार करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ । जिल्लामा चालु आर्थिक वर्ष २०८२/८३ मा चिराइतो, मजिटो र रुद्राक्ष निकासीबाट रु चार करोड २१ लाख ६२६ राजस्व सङ्कलन भएको डिभिजन वन कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार रुद्राक्ष, चिराइतोलगायत विभिन्न बहुमूल्य जडीबुटीबाट उक्त आम्दानी भएको हो । साउनयता रु १२ लाख ८४ हजार ५५२ किलो रुद्राक्ष, चिराइतो, मजिटोलगायत जडीबुटी निकासीबाट रु चार करोड २१ लाख ६२६ राजस्व सङ्कलन भएको कार्यालयका सूचना अधिकारी डम्बरबहादुर भण्डारीले जानकारी दिए।

चालु आवमा जिल्लाबाट १४ लाख ९६ हजार ६४७ क्युफिट काठ निकासी भएको वन कार्यालयले जनाएको छ । त्यसैगरी जडीबुटी निकासीबाट प्रदेश शुल्कबापत रु ८३ लाख ३८१ राजस्व सङ्कलन भएको सूचना अधिकारी भण्डारीले बताए।

गत आर्थिक वर्षमा चिराइतो ६० हजार ८६७ किलो, रुद्राक्ष १२ लाख ६६ हजार ८९२ किलो, मजिटो १० हजार ३०० किलो, टिमुर प्रजाति एक हजार २०० किलो निकासी भएको डिभिजन वन कार्यालयले जनाएको छ । वन कार्यालयका अनुसार जिल्लामा पाइने प्राकृतिक जडीबुटीको माग स्वदेशसँगै विदेशमा पनि बढ्दै गएकाले राजस्व सङ्कलनमा वृद्धि भएको हो।

विशेषगरी रुद्राक्ष र चिराइतो सङ्खुवासभाका प्रमुख आम्दानीका स्रोत बनेका छन् । यी जडीबुटी स्थानीय बासिन्दाले सङ्कलन गरी बिक्री गर्ने गरेकाले स्थानीयको आयआर्जनमा समेत टेवा पुगेको छ । वन कार्यालयले अवैध रूपमा जडीबुटी निकासी रोक्न कडाइ गरिएको जनाएको छ।वन

कार्यालयले दिगो व्यवस्थापनलाई प्राथमिकता दिँदै जडीबुटीको संरक्षण र उत्पादन वृद्धि गर्ने कार्यक्रम पनि गरिरहेको जनाएको छ । जिल्लामा जडीबुटीको प्रचुर सम्भावना रहेकाले यसको वैज्ञानिक व्यवस्थापन र बजारीकरणमा थप ध्यान दिनसके आगामी दिनमा अझै बढी राजस्व सङ्कलन हुने अपेक्षा छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij