काठमाडौँ : नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तारानाथ दाहाललाई पितृशोक परेको छ । उनका पिता केदारनाथ दाहालको ९५ वर्षको उमेरमा शुक्रबार निधन भएको हो ।
स्वर्गीय केदारनाथ शिक्षा तथा समाजसेवीका रुपमा समाजमा परिचित थिए । यस दौरान उनले सिन्धुपाल्चोकको तत्कालीन शिखरपुर गाउँपञ्चायतको १४ वर्ष उपप्रधानपञ्च रही काम गरेका थिए भने मेलम्ची नगरपालिका–१० मा श्री शीतलादेवी माविको स्थापना गरेका थिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij