काठमाडौँ : केही दिनयता सामाजिक सञ्जालमा वृद्ध भत्ता पाउने उमेरबारे विभिन्न टीकाटिप्पणी भएको थियो। वृद्ध भत्ताको उमेर ७० बाट ७५ पुर्याइएको भन्ने खालका सामग्री सञ्जालमा छरपस्ट थिए।
तर, सरकारले वृद्ध भत्ता पाउने उमेरबारे भएका टीकाटिप्पणीमा कुनै सत्यता नभएको स्पष्ट पारेको छ । शुक्रबार अर्थ मन्त्रालयले एक सूचना जारी गर्दै वृद्ध भत्ता पाउने उमेरबारे भएका टीकाटिप्पणीहरूमा कुनै सत्यता नभएको बताएको हो।
यस सन्दर्भमा मन्त्रालय र अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले कुनै छलफल समेत नगरेको स्पष्ट पारिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij