काठमाडौं : नेपाल टेलिकमले निकट भविष्यमै आफ्नो थ्रीजी सेवा बन्द गर्ने भएको छ। टेलिकमले थ्रीजी प्रविधिलाई फोरजीमा रूपान्तरण गर्ने कार्य अघि बढाउँदै आफ्ना ग्राहकलाई निःशुल्क फोरजी सिम लिन आग्रह गरेको छ।
टेलिकमका प्रवक्ता रबिन्द्र मानन्धरद्वारा जारी विज्ञप्तिअनुसार थ्रीजी सिम प्रयोगकर्ताहरूलाई भ्वाइस कल तथा एसएमएसमार्फत सिम परिवर्तन गर्न जानकारी गराउन थालिएको छ। ग्राहकले नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी वा सवारी चालक अनुमतिपत्रजस्ता आधिकारिक परिचयपत्र लिएर नजिकको दूरसञ्चार कार्यालयबाट आफ्नो पुरानो सिमलाई फोरजीमा निःशुल्क बदल्न सक्नेछन्।
थ्रीजीको तुलनामा फोरजी प्रविधिमा मोबाइल इन्टरनेटको गति र सेवाको गुणस्तर उत्कृष्ट हुने भएकाले यसबाट ग्राहकलाई फाइदा पुग्ने कम्पनीको विश्वास छ। आफ्नो सिम फोरजी हो वा होइन भनेर थाहा पाउन र उच्च गुणस्तरको भोल्टी सेवा सक्रिय गर्न मोबाइलबाट *444# डायल गर्न सकिने टेलिकमले जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij