Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना, आगलागी नभएकाले ठूलो क्षति टर्‍यो

खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना, आगलागी नभएकाले ठूलो क्षति टर्‍यो

खोटाङ :  एयर डाइनेस्टीको हेलिकप्टर खोटाङमा अवतरणका क्रममा दुर्घटनामा परेको छ। आगलागी नभएकाले ठूलो मानवीय क्षति हुनबाट जोगिएको बताइएको छ। बेलायती सेनामा कार्यरत खोटाङ केपिलासगढी–२ का डाकमणि राईकी पत्नी मनलछी राईको एक महिनाअघि बेलायतमै निधन भएको थियो। उनको शव नेपाल ल्याएर अन्तिम संस्कारका लागि बुधबार बिहान काठमाडौंबाट हेलिकप्टरमार्फत गाउँ लैजाने तयारी गरिएको थियो।

हेलिकप्टरमा स्थान अभाव भएपछि परिवारका ४ जना र एक जना पास्टर गरी ५ जना मात्र सवार भएका थिए। मृतक मनलछीको शव शववाहनमार्फत पठाइएको थियो। हेलिकप्टरमा डाकमणि राई, छोरा बालकुमार, छोरी लक्ष्मी, आफन्त समला राई र पास्टर काजीबहादुर राई सवार थिए।

Air Dynasty 9N-AFQ helicopterमा पाइलट सविन थापासहित ६ जना सवार थिए। अवतरणका क्रममा हेलिकप्टर निर्धारित स्थानभन्दा केही पर पुगेको र अगाडि बढाउने क्रममा अनियन्त्रित भई भित्तामा ठोक्किँदै पल्टिएको जनाइएको छ।

घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सन्तुष्ट बस्नेतका अनुसार दुर्घटनापछि आगलागी नभएकाले ठूलो मानवीय क्षति हुनबाट जोगिएको हो।

घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट