काठमाडौँ : नेपाल पशु चिकित्सा परिषद् ले पशु चिकित्सकहरूको नाम दर्ता परीक्षाको नतिजा सार्वजनिक गरेको छ। परिषद्का अनुसार मंसिर ३० गते सञ्चालन गरिएको उक्त परीक्षामा २५५ जना परीक्षार्थी सहभागी भएका थिए। तीमध्ये १३४ जना उत्तीर्ण भएका छन्, जुन कुल सहभागीको करिब ५२ प्रतिशत हो।
परिषद्ले प्रकाशित गरेको सूचनाअनुसार उत्तीर्ण भएका पशु चिकित्सकहरूले नाम दर्ता तथा लाइसेन्स प्रक्रियाका लागि आवश्यक कागजात पेश गर्नुपर्नेछ । यसैगरी, उत्तीर्ण उम्मेदवारहरूलाई प्रमाणपत्र भेरिफिकेसन तथा रजिस्ट्रेसन प्रक्रियाका लागि परिषद्को कार्यालय भेटेरिनरी कम्प्लेक्स, त्रिपुरेश्वर मा उपस्थित हुन सूचित गरिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij