इरानः इरानका सर्वोच्च नेता आयतोल्लाह अली खमेनीको मृत्युपछि उनको स्थानमा उनका छोरा मोज्तबा खामेनीलाई इरानको नयाँ सर्वोच्च नेता चयन गरेको छ। इरानको सरकारी टीभीले सोमबार बिहान मोज्तबा खामेनीलाई नयाँ सर्वोच्च नेता बनाइएको घोषणा गरेको हो। गत फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले संयुक्त हवाई हमला गरी उनका बुबा अली खामेनीलाई मारेका थिए। यसपछि अब आफूहरूको स्वीकृतिबिना नयाँ सर्वोच्च नेता चयन नगर्न भनी अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चेतावनी दिँदै खामेनीका छोरा मोज्तबालाई नेता नबनाउनसमेत भनेका थिए।
तर अमेरिकाको धम्कीका बाबजुद इरानले उनैलाई नयाँ सर्वोच्च नेता बनाएको हो। अली खामेनी ३५ वर्षसम्म इरानको सर्वोच्च पदमा थिए। उनी सन् १९८९ मा रुहोल्लाह खोमेनीको मृत्यु भएदेखि इरानको सर्वोच्च नेता पदमा थिए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij