गोरखा । गोरखा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुदन गुरुङ फराकिलो अग्रता बनाउँदै जीततर्फ अग्रसर बनेका छन् । पछिल्लो मतपरिणाम अनुसार गुरुङले १९ हजार २९७ मत ल्याएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रेमकुमारखत्रीले ११ हजार १६७ मत प्राप्त गरेका छन् । नेपाली कम्युनिस्ट पार्टीका हरिराज अधिकारी ७ हजार २१६ मतसहित तेस्रो स्थानमा छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij