Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

जनार्दन शर्माको अविछिन्न जीतको यात्रा रोकियो, रूकुम पश्चिमबाट गोपाल शर्मा विजयी

जनार्दन शर्माको अविछिन्न जीतको यात्रा रोकियो, रूकुम पश्चिमबाट गोपाल शर्मा विजयी

काठमाडौँ- : संसदीय चुनावमा रूकुम पश्चिममा अविछिन्न जीत निकाल्दै आएका जनार्दन शर्माको जीतको यात्रा यसपटक रोकिएको छ।२१ फागुनमा भएको प्रतिनिधि सभा निर्वाचनको अन्तिम मत परिणामअनुसार उनलाई हराउँदै उनकै कार्यकर्ता गोपाल शर्मा विजयी भएका छन्। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार गोपालले २१ हजार ६ सय ९ मत ल्याउँदै विजयी भएका हुन्।

जनार्दनले भने नेकपा एमालेसँग गठबन्धन गर्दा पनि तोस्रो स्थानमा चित्त बुझाउनु परेको छ। उनले १४ हजार ३ सय ४६ मत मात्र प्राप्त गरे। उनी भन्दा अगाडि १६ हजार ६ सय ६१ मत ल्याउँदै नेपाली कांग्रेसका राजु केसी दोस्रो भए।

जनार्दन प्रचण्ड नेतृत्वको नेकपा छाड्दै प्रगतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवार रहेका थिए। उनी यसअघि रूकुम पश्चिममा प्रचण्ड नेतृत्वको तत्कालीन माओवादीबाट चुनाव लड्दा अविछिन्न जीत निकाल्दै आएका थिए।

२०६४ पछि निर्वाचनमा शर्माले हार बेहोर्नु परेको थिएन। रुकुम पश्चिममा कुल १ लाख ६ हजार ६ सय ६० मत रहेकामा ६२ हजार ९ सय ६८ मत खसेको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij