Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

मुगुमा मतपेटिका संकलन हुनै बाँकी

मुगुमा मतपेटिका संकलन हुनै बाँकी

काठमाडौं : अधिकांश निर्वाचन क्षेत्रमा मतगणना जारी रहेका बेला मुगुमा मतपेटिका संकलन हुनै बाँकी छ । मुगुका मुख्य निर्वाचन अधिकृत मीनबहादुर कुँवरका अनुसार दुईवटा केन्द्रको मतपेटिका सदरमुकाम लगिँदैछ । ‘मुगुको मुगूम कार्मारोङ गाउँपालिकाको मुगु गाउँ केन्द्र र डोल्फु केन्द्रको मतपेटिका बाटोमा बोकेर ल्याउँदैछन् । ८० किलोमिटर दुरी छ, हिँडेर मतपेटिका बोकेर ल्याउने हो । उकालो ओरालो छ,’ उनले भने । मतपेटिका संकलन भइसकेपछि सर्वदलीय बैठक बसेर गणना सुरु गर्ने तयारी छ । दिउँसो २ बजेपछि सुरु हुन्छ कि भन्ने अपेक्षा रहेको उनले जानकारी दिए ।

मुगुमा एउटै निर्वाचन क्षेत्र छ । एमालेबाट पूर्णबहादुर रोकाया, कांग्रेसबाट खड्ग शाही, नेपाली कम्युनिस्ट पार्टीबाट चन्द्रबहादुर शाही, रास्वपाबाट भुवन टमाटा, राप्रपाबाट बलबहादुर मल्ल उम्मेदवार रहेका छन् । प्रलोपाबाट ऐटनकुमार मल्ल र नेकपा माओवादीबाट रंगवीर परियार उम्मेदवार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij