Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

मनाङबाट निर्वाचित कांग्रेस सांसद गुरुङले शपथ लिन नपाउने

मनाङबाट निर्वाचित कांग्रेस सांसद गुरुङले शपथ लिन नपाउने

काठमाडौँ  : मनाङबाट नेपाली कांग्रेसका टेकबहादुर गुरुङ दुई हजार ४१५ मत ल्याउँदै विजयी भएका छन् । नेकपाकी यशोदा सुवेदीले ४४६ मत प्राप्त गरिन् । गुरुङ विजयी भएपनि उनले सांसदको शपथ लिन भने नपाउने भएका छन्।विशेष अदालतबाट भृकुटीमण्डपस्थित समाज कल्याण परिषद्को जग्गा भाडामा अनियमिततामा भ्रष्टाचारी ठहर भएकाले विजयी भएपनि शपथग्रहण गर्न पाउने छैनन् ।

विशेष अदालतले २०७९ फागुन १५ मा गुरुङलाई भ्रष्टाचारको मतियारमा दोषी ठहर गर्दै उनीबाट एक करोड २१ लाख रुपैयाँ असुल्नुपर्ने फैसला गरेको थियो । हाल गुरुङको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij