Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

ओखलढुंगाको मानेभन्ज्याङका मतदाताले गरेनन् मतदान

ओखलढुंगाको मानेभन्ज्याङका मतदाताले गरेनन् मतदान

काठमाडौँ : ओखलढुंगाको एक मतदान केन्द्रका मतदाताहरुले मतदान बहिस्कार गरेका छन् । जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका–७ को टोक्सेलस्थित मतदान केन्द्रमा मतदाताहरू मतादनमा सहभागी नभएको मुख्य निर्वाचन अधिकृत हरिप्रसाद कोइरालाले जानकारी दिए । स्थानीयले मत नहालेको खबरपछि आफू उक्त मतदान केन्द्र पुग्दा कोही पनि मतदाता उपस्थित नभएको पाइएको मुख्य निर्वाचन अधिकृत कोइरालाले बताए ।  

‘त्यहाँका मतदाता नो भोटमा उत्रिएको पाइयो । यो जानकारी आयोगका कार्यवहाक प्रमुख निर्वाचन आयुक्तलाई जानकारी गराइसकेको छु’, कोइरालाले रातोपाटीसँग भने ।  ‘जनप्रतिनिधिहरू गएर मुचुल्का गरिदिनुभएको छ । कर्मचारीहररू बसिरहनुभएको छ । भरे बेलुकासम्म कर्मचारीहररूको समानुपातिक जति भोट खस्छ त्यही मुचुल्का उठाएर पठाउँछौ’, मुख्य निर्वाचन अधिकृत कोइरालाले भने ।  मानेभञ्ज्याङ गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र रूम्दालीले उक्त मतदान केन्द्रमा ७०१ जना मतदाता रहे पनि कोही पनि मतदानमा सहभागी नभएको बताए । उनका अनुसार प्रदेश सरकारले त्यस क्षेत्रमा प्रादेशिक अस्पताल बनाउने भने पनि काम सुरू नगरेको भन्दै स्थानीयहरू विरोधमा उत्रिएर मतदानमा सहभागी नभएको बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij