Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सविता गौतमको अभिव्यक्तिप्रति नेफिन चितवनको आपत्ति

राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सविता गौतमको अभिव्यक्तिप्रति नेफिन चितवनको आपत्ति

चितवन : नेपाल आदिवासी जनजाति महासंघ (NEFIN) जिल्ला परिषद् सचिवालय, चितवनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ तथा चितवन क्षेत्र नम्बर ३ की उम्मेदवार सविता गौतमले दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ।

महासंघले  प्रेस विज्ञप्ति जारी गर्दै चुनावी सभालाई सम्बोधन गर्ने क्रममा गौतमले आदिवासी जनजाति (विशेषगरी गुरुङ र थारु समुदाय) प्रति लक्षित गरी दिएको अभिव्यक्ति अपमानजनक र गैरजिम्मेवार रहेको जनाएको हो। विज्ञप्तिमा उम्मेदवारले यस क्षेत्रका इमानदार र मेहनती आदिवासी समुदायलाई होच्याउने किसिमका टिप्पणी गरेको आरोप लगाइएको छ।

महासंघका अनुसार गौतमले आदिवासी समुदायलाई “भोट किन्ने वर्ग” जस्ता शब्द प्रयोग गरी सम्बोधन गरेको भन्दै यसले समुदायको पहिचान, स्वाभिमान र अधिकारमाथि गम्भीर आघात पुर्‍याएको उल्लेख गरिएको छ। “आदिवासी जनजाति कसैको प्रलोभनमा पर्ने समूह नभई आफ्नै इतिहास र गौरव बोकेको सचेत नागरिक समाज हो,” विज्ञप्तिमा भनिएको छ।

महासंघले मतदातालाई पैसाको प्रलोभन दिने वा त्यस्तो संकेत गर्ने अभिव्यक्ति निर्वाचन आचारसंहिताविपरीत र लोकतान्त्रिक मूल्य–मान्यताको उल्लंघन भएको दाबी गरेको छ। साथै, उम्मेदवार गौतमलाई सार्वजनिक रूपमा माफी माग्न र लिखित स्पष्टीकरण दिन माग गरिएको छ।

यदि गल्ती स्वीकार नगरी यस्ता गतिविधि दोहोरिए आदिवासी जनजातिको स्वाभिमानमा ठेस पुग्ने काम जारी राखिएमा कडा विरोधका कार्यक्रम अघि बढाइने चेतावनी महासंघले दिएको छ। “हाम्रो स्वाभिमान हाम्रो पहिचान हो, यसमा खेलवाड गर्न छुट कसैलाई छैन,” विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा महासंघ चितवनका अध्यक्ष सागर कुमालको हस्ताक्षर रहेको छ।

57fe4491-5683-4b28-bb49-895d9f68b8a6.jfif
undefined

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij