काठमाडौँ : नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले फागुनको अन्तिम साता देशमा नेपाली कांग्रेसको सरकार बन्ने बताएका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै प्रवक्ता चालिसेले यस्तो दाबी गरेका हुन् ।
आज राति १२ बजेपछि प्रचार–प्रसारको समय समाप्त हुने भन्दै उनले सुनौलो अवसरलाई पूर्ण सदुपयोग गर्न आग्रह गरे । उनले भने,‘केही समय छिमेकी दाजुभाइ(दिदीबहिनीहरूसँग हृदयबाट संवाद गर्नुहोस्। उनीहरूलाई भन्नुहोस् – हाम्रो देशलाई स्थिरता, विकास र सुशासन चाहिन्छ। केही समय घर परिवारलाई सम्हाल्नुहोस्, शान्त मनले भोलिको लागि तयारी गर्नुहोस्। विश्वास राख्नुहोस् – विजय नजिकै छ ! ’
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij