Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

पूर्वप्रधानमन्त्री ओलीसमक्ष कर प्रणाली सुधार गर्न माग

पूर्वप्रधानमन्त्री ओलीसमक्ष कर प्रणाली सुधार गर्न माग

दमक : झापाको दमक नगरपालिका- ९ आदर्श मंगल टोलका बासिन्दाले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग कर प्रणालीलाई सुधार गर्न माग गरेका छन् । शनिबार मतदातासँगको भेटका लागि ओली पुग्दा स्थानीयवासी तथा व्यवसायीहरूलाई कर प्रणालीलाई सेवाग्राहीमैत्री बनाई एकद्वारबाट भुक्तानीको व्यवस्था मिलाउन माग गरे ।

एउटै उद्यमी तथा व्यवसायीले दर्ता, नवीकरण तथा कर भुक्तानीका लागि अनेकौँ कार्यालय धाउँदा स्वदेशमा नै उद्यमी बन्न निरुत्साहित हुनु परेको उनीहरूको भनाइ छ । झापा क्षेत्र नं. ५ का उम्मेदवार समेत रहेका एमाले अध्यक्ष ओलीले दमक ४ कञ्चनजङ्घा टोलका मतदाताहरूसँग समेत भेटघाट गरेका छन् । उनी हाल आफ्‌नै निर्वाचन क्षेत्रका मतदाताहरूसँगको भेटमा सक्रिय रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij