सिन्धुली: सदनमा प्रभावकारी उपस्थिति, जिल्लाको विकासमा र जनताको हरेक सुख दुखमा सधै साथमा रहन सक्रिय भुमिका नै लेखनाथ दाहालको प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुने बलियो आधार बनेको छ । जिल्लाको विकास निर्माण देखि हरेक विप्पतमा जनताको दरिलो साथी बनेको कारण नै सर्वसाधरण देखि अन्य दलका नेता कार्यकर्ता समेतले राजन दाहाललाई नै समर्थन गर्ने वातावरण बनेको छ । फाल्गुण २१ गते हुने निर्वाचनमा प्रमुख प्रतिस्पर्धी मध्य जनताले दाहाललाई नै रोज्ने देखिन्छ ।
दाहालले कोभिडको बेला आईस्योलेसन भवन वनाउन नेतृत्वदायि भवन निर्माण गर्न देखि जनताको हर सुख दुखमा साथ दिएका कारण पनि सबैको रोजाइमा दाहाल नै पर्ने गरेको हो । हरिबोल गजुरेलले टिकेट नपाएपछि दाहालको विरुद्धमा महेश्वर दाहाललाई अगाडी सारेपनि कुनै प्रभाव परेको देखिदैन ।
विकास निर्माण देखि सधै जनताको साथ रहेरेर काम गर्ने विशेषताका कारण नै जनताले राजन दाहाललाई जिताउने नेपाली कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य सुर्य पाख्रिनले दावि गर्नुभयो । दाहालले करिब २० हजार भोट ल्याएर चुनाव जित्ने पाख्रिनले दावि गर्नुभयो ।
दाहाल प्रतिनिधि सभा २०७९ मा यसै निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद हुन् । दाहालले आफ्नो क्षेत्रमा विकासको लागि गरेको पहल र हरेक विप्पत्तिमा जनतालाई अविभावकीय भुमिका खेलेको कारण नै लोकप्रिय नेता भएको पाख्रिनले वताउनुभयो । दाहाललाई अन्य पार्टीका समर्थकले पनि मतदान गर्ने पाख्रिनले दावि गर्नुभयो ।
निर्वाचतमान सांसद दाहालले प्रतिनिधि सभाको हरेक बैठकमा भ्रष्टाचारका विरुद्ध गरेको दमदार भाषणले नवयुवाहरु माझी पनि लोकप्रिय हुनुहुन्छ । दाहाल अहिले मत माग्न जनताकाे घर दैलाेमा व्यस्त हुनुहुन्छ । मत माग्न घरदैलोमा पुग्दा युवाहरुले संसदमा बोलेको विभिन्न सामाजिक संञ्जालमा देखेर प्रभावित भएको र फेरी पनि संसदमा त्यस्तै खरो प्रस्तुतिका लागि मतदान गछौं भन्ने प्रतिक्रिया पाएको दाहालले वताउनुभयो ।
दाहालले पाँच वर्षिय कार्यकालमा आफूले जिल्लाको विकासका लागि कार्यतालिका बनाएर नै सक्रिय भएको तर ३३ महिनामा नै संसद विघट भएकोले आफूले वाचा गरेबमोजिमको काम गर्नका लागि फेरी एकपटक जिताईदिन मतदातालाई अनुरोध गर्नुभयो ।
सिन्धुली निर्वाचन क्षेत्रमा दाहाल सहित नेकपा एमालेका मनोज थापा, नेपाली काँग्रेसकी निवर्तमान सांसद सुसिला थिङ लगायत १६ जनको प्रतिस्पर्धा रहेको छ । यस क्षेत्रमा यि तीन दल नै मुख्य प्रतिस्पर्धि हुन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij