Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

हर्क साम्पाङको आरोप - धरानमा पानीको ‘कृत्रिम अभाव’ सिर्जना गर्ने प्रयास भयो

हर्क साम्पाङको आरोप - धरानमा पानीको ‘कृत्रिम अभाव’ सिर्जना गर्ने प्रयास भयो

धरान : श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका पूर्वमेयर हर्क साम्पाङले धरानमा पानीको कृत्रिम अभाव सिर्जना गर्ने प्रयास भइरहेको आरोप लगाएका छन् ।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले केही समूहले पानीको अभाव देखाएर व्यापार विस्तार गर्ने र त्यसैलाई चुनावी एजेण्डा बनाउने योजना बनाएको दाबी गरेका हुन् । साम्पाङका अनुसार ‘पानी माफिया’ले अभावको वातावरण सिर्जना गरी पानीको व्यापार बढाउन खोजिरहेका छन्। 'भोट माग्ने एजेण्डा बनाउन जानीबुझी अन्य पार्टीहरूले यस्तो अवस्था बनाउन खोजिरहेका छन्,' उनले उल्लेख गरेका छन्।

उनले आफू नेतृत्वमा रहँदा आधारभूत आवश्यकतामा कुनै सम्झौता नगरेको दाबी गर्दै धरानवासीलाई सचेत र सतर्क रहन आग्रह गरेका छन् । आधारभूत सेवाको सुनिश्चितता आफ्नो पहिलो प्राथमिकता रहेको बताउँदै उनले शैक्षिक, सामाजिक, श्रमगत तथा आर्थिक विकासलाई मुख्य एजेण्डा बनाएको स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij