Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

धादिङ बस दुर्घटनाप्रति रास्वपाद्वारा दुख व्यक्त

धादिङ बस दुर्घटनाप्रति रास्वपाद्वारा दुख व्यक्त

काठमाडौँ  : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले धादिङमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ।

पोखराबाट काठमाडौँ आउँदै गरेको ग १ ख १४२१ नम्बरको बस आइतबार बिहान १ः३० बजे धादिङको बेनिघाट रोराङ गाउँपालिका भैंसेगौडामा दुर्घटना भएको थियो। बस त्रिशूली नदी किनारमा खस्दा १८ जनाको मृत्यु भएको छ।

उक्त घटनामा ज्यान गुमाएका सबैप्रति पार्टीले श्रद्धाञ्जली अर्पण गर्दै मृतात्माको चिरशान्तिको कामना गरेको छ। रास्वपा महामन्त्री कबिन्द्र बुर्लाकोटीद्वारा जारी गरिएको शोक विज्ञप्तिमा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।  

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij