रुपन्देही : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भैरहवामा शनिबार गर्ने भनिएको चुनावी सभा स्थगित भएको छ । पार्टी केन्द्रबाट चुनावी सभा स्थगित गर्न पार्टी केन्द्रबाट निर्देशन आएको रास्वपा रुपन्देही ३ का चुनावी कमाण्डर नारायणप्रसाद भण्डारीले जानकारी गराएका हुन् ।
संगठनात्मक प्राथमिकता निर्धारण तथा रणनीतिक व्यवस्थापन लगायतका विशेष कारणले हाललाई चुनावी सभा स्थगित गर्नुपरेको पार्टी केन्द्रीय कार्यालयले प्रदेश समितिलाई पठाएको पत्रमा उल्लेख छ । प्रदेशस्तरीय उक्त सभाका लागि पत्रकार सम्मेलन, प्रचार प्रसार र स्टेज निर्माणको काम समेत भइरहेको थियो । पार्टीका उपसभापति तथा संघीय निर्वाचन सम्पादन समितिका संयोजक डोलप्रसाद अर्यालले मातहतका संगठनलाई पत्राचार गर्दै सभा स्थगित गर्ने निर्णय गरिएको जानकारी दिएका हुन् ।
पत्रमा संगठनात्मक प्राथमिकता निर्धारण तथा रणनीतिक व्यवस्थापन लगायतका विशेष कारणले हाललाई चुनावी सभा स्थगित गर्नुपरेको उल्लेख छ । प्रदेशस्तरीय उक्त सभाका लागि पत्रकार सम्मेलन, प्रचार प्रसार र स्टेज निर्माणको काम समेत भइरहेको थियो । यसैबीच, राजनीतिक वृत्तमा भने कार्यक्रम स्थगनको पृष्ठभूमिमा पछिल्लो समय दाङमा घटेको घटनालाई समेत जोडेर हेरिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij