दमक, माघ २७ गते : झापाको मेचीनगर नगरपालिकाको उत्तरी क्षेत्र बाहुन्डाँगीमा बाघ देखा पर्न थालेपछि स्थानीयहरु त्रसित भएका छन् । बाघले बाख्रा खान थालेपछि स्थानीयहरु त्रसित भएका छन् ।
झापाको हात्ती प्रभावित क्षेत्रमा बाघ देखिइएको हो । मेचीनगर नगरपालिका –४ बाहुनडाँगीका बीरबहादुर राईको खोरभित्र बाँधिराखेको बाख्रा बाघले आक्रमण गरेर मारेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता खगेन्द्रबहादुर खड्काले बताउनुभयो ।
उहाँका अनुसार दुईवटा ब्याउने बाख्रा बाघले मार्दा करिब ४० हजार बराबरको क्षति भएको अनुमान गरिएको छ । बाघको खोजी भए पनि पत्ता नलागेको बताइएको छ । यसभन्दाअघि चितुवा पनि यस क्षेत्रमा देखिदैआएको स्थानीयले बताएका छन् । हात्तीबाट अति प्रभावित बाहुन्डाँगीमा पछिल्लो समय चितुवा र बाघ पनि देखिन थालेपछि स्थानीयमा हिडडुल गर्न भय सिर्जना हुने अवस्था आएकाले सचेत भएर हिडडुल गर्न आग्रह गरिएको वडाध्यक्ष अर्जुन कार्कीले बताउनुभयो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij