Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

सप्तरी–३ मा उपेन्द्र यादवको चुनावी परीक्षा

सप्तरी–३ मा उपेन्द्र यादवको चुनावी परीक्षा

काठमाडौँ : जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव प्रतिनिधिसभा निर्वाचनमा सुरक्षित स्थान खोज्दै सप्तरी क्षेत्र नम्बर–३ पुगेका छन्।

चुनावैपिच्छे क्षेत्र परिवर्तन गर्दै आएका यादवले सप्तरी–३ मा उम्मेदवारी दर्ता गराएसँगै प्रचारप्रसार पनि सुरु गरिसकेका छन्। २०७४ को चुनावमा सप्तरी–२ बाट जितेका उनी २०७९ मा त्यही क्षेत्रबाट पराजित भएका थिए। त्यसपछि बारा–२ मा भएको उपनिर्वाचनबाट चुनाव जितेर संसद पुगेका थिए।

२०७४ मा उनले सप्तरी–२ बाट २१ हजार ६२० मत ल्याएर विजय हासिल गरेका थिए। त्यतिबेला तत्कालीन राजपा नेपालले पनि उनलाई साथ दिएको थियो। राजपा नेपालले उपेन्द्र यादवलाई साथ दिएपछि सोही पार्टीका नेता जेपी ठाकुर स्वतन्त्र उम्मेदवार बनेका थिए, जसले तेस्रो स्थान हासिल गरेका थिए। अहिले उपेन्द्र यादवकै पार्टीमा रहेका तत्कालीन माओवादीका नेता उमेश यादव दोस्रो स्थानमा थिए। उमेश यादवले त्यतिबेला ११ हजार ५८० मत ल्याएका थिए।

यसअघि २०७० को दोस्रो संविधानसभा निर्वाचनमा यादव मोरङ र सुनसरीबाट उम्मेदवार बनेका थिए। उनी मोरङबाट भने पराजित भएका थिए। २०६४ को संविधानसभा निर्वाचनमा भने मोरङ र सुनसरी दुवै क्षेत्रबाट विजयी भएका यादवले पछि मोरङ छाडेर सुनसरी कायम गरेका थिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट