हेटौँडा : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता तथा निवर्तमान सांसद दीपकबहादुर सिंहले मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ बाट आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उनले मंगलबार हेटौँडास्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन पत्र दर्ता गराएका हुन् ।
पार्टीका कार्यकर्ता र समर्थकहरूको र्यालीसहित निर्वाचन कार्यालय पुगेका सिंहले २०७९ को निर्वाचनमा हासिल गरेको जितलाई यसपटक पनि कायम राख्ने दाबी गरे । गत निर्वाचनमा उनले नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय 'डिना' र एमालेको चुनाव चिह्नबाट लडेका कमल थापालाई पराजित गर्दै सङ्घीय संसदको यात्रा तय गरेका थिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij