Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

महेश बस्नेतले भक्तपुर–२ बाट गरे उम्मेदवारी दर्ता

महेश बस्नेतले भक्तपुर–२ बाट गरे उम्मेदवारी दर्ता

काठमाडौँ : नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गरेका छन् ।  बस्नेत मंगलबार बिहान एमाले नेता कार्यकर्तासहित निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गरेका हुन् । 

बस्नेतका प्रस्तावक नेकपा एमाले भक्तपुरका अध्यक्ष बचन देउवा र समर्थक राष्ट्र शमशेर थापा रहेका छन् ।


बस्नेत भन्दा अघि २ बाट २ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । यो क्षेत्रमा रास्वपाका राजीव खत्री र नेपाली कांग्रेसका कबिर राणा लगायतले पनि उम्मेदवारी दर्ता गराउँदै छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij