Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

पैसा बिना राजनीति सम्भव छैन : रास्वपा नेतृ विन्दवासिनी कंशकार

पैसा बिना राजनीति सम्भव छैन : रास्वपा नेतृ विन्दवासिनी कंशकार

मकवानपुर :  रास्वपा नेतृ एवम् पूर्व सांसद विन्दवासिनी कंशकारले टिकट नपाएपछि पैसा विना राजनीति सम्भव नरहेको टिप्पणी गरेकी छिन् । मकवानपुर क्षेत्र नम्बर १ बाट उम्मेदवारी घोषणा गरेकी रास्वपा केन्द्रीय सदस्य कंशकारले रास्वपाको टिकट वितरणमा असन्तुष्टि जनाउँदै बिना पैसा राजनीति हुँदैन भन्ने प्रमाणित भएको बताएकी हुन् । 

‘बिना पैसा राजनीति हुँदैन भन्ने आज प्रमाणित भयो,’ उनले साेमबार सामाजिक सञ्जाल फेसबुक लेखेकी छिन् ।मकवानपुर क्षेत्र नम्बर १ मा प्रकाश गौतमलाई रास्वपाले उम्मेदवार बनाएको छ । यसअघि रास्वपाको समानुपातिक सूचीमा सांसद बनेकी कंशकार आगामी निर्वाचन प्रत्यक्षबाट लड्ने बताएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij