काठमाडौँ : सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले पनि आज पदबाट राजीनामा दिएका छन्।प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार भन्ने भएपछि आज उनले मन्त्री पदबाट राजीनामा दिएका हुन्।
उनलाई राष्ट्रिय स्वन्तत्र पार्टी (रास्वपा)ले उम्मेदवार बन्ने पक्का भएको छ। उनले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर राजीनामापत्र बुझाएका हुन्। उनी ललितपुर- २ बाट उम्मेदवार बन्दै छन्।
यसअघि ऊर्जामन्त्री कुलमान घिसिङ र खेलकुदमन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिइसकेका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij