Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

ईश्वर पोखरेललाई काठमाडौं–५ कै टिकट

ईश्वर पोखरेललाई काठमाडौं–५ कै टिकट

 काठमाडौं :  नेकपा एमालेले काठमाडौ–५ मा ईश्वर पोखरेललाई नै उम्मेदवार बनाउने भएको छ ।काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौलाका अनुसार ईश्वर पोखरेललाई टिकट दिइसकिएको छ । ‘अब उहाँले नै लड्नु हुने भएको छ, टिकट पाउनुभयो,’ निरौलाले भने ।

गत शनिबार बसेको सचिवालय बैठकले काठमाडौ–५ को उम्मेदवारबारे कुनै निर्णय गरेको थिएन । यस्तै काठमाडौ–९ मा अजय क्रान्तिले टिकट पाएका छन् । काठमाडौं–४ को उम्मेदवार अझै टुंगिएको छैन ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij