काठमाडौँ : काठमाडौंको माइतीघरमा धोती दिवस मनाइएको छ । दिवसमा जनमत पार्टीका अध्यक्ष सीके राउत लगायतका नेताहरु पनि सहभागी भए ।
दिवस मनाउने क्रममा उनीहरुले 'धोती लगाऔं, मौलिकता जोगाऔं', 'धोती दिवस जिन्दावाद', 'धोती हाम्रो शान हो, मधेशीको पहिचान हो', 'धोती भनेर हेप्न पाइँदैन' लेखिएका प्लेकार्ड पनि बोकेका थिए । धोती आफूहरूको पहिचान भएको भन्दै धोती लगाएकै आधारमा कसैले कसैलाई भेदभाव गर्न नहुने उनीहरुले बताए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij