काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबिच वान–टु–वान वार्ता भएको छ। ललितपुरको ज्वागलस्थित बालेनका सहयोगी कुमार बेनको निवासमा दुवै नेताबिच प्रत्यक्ष छलफल भइरहेको हो।
यसअघि छलफलका लागि रास्वपाका नेता सुदन गुरुङ, सुनिल शर्मा, गणेश कार्की लगायत नेताहरू बेनको निवासमा पुगेका थिए। पहिलो चरणमा सहभागी सबै नेताहरूबीच सामूहिक छलफल भएपछि दोस्रो चरणमा लामिछाने र शाह मात्रै वान–टु–वान वार्तामा जुटेका हुन्।
आगामी निर्वाचन नजिकिँदै जाँदा नयाँ राजनीतिक शक्तिहरूबीच सम्भावित तालमेल र सहकार्यको प्रयासस्वरूप उक्त भेटघाटलाई अर्थपूर्ण रूपमा हेरिएको छ। वार्तामा समसामयिक राजनीतिक अवस्था, चुनावी रणनीति तथा भावी सहकार्यका विषयमा छलफल केन्द्रित रहेको बताइएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij