Logo

Oct 14 2026 | २०८३, आश्विन २८गते

सुनको मूल्यले नयाँ रेकर्ड बनायो, तोलामा २ लाख ६१ हजार ७०० पुग्यो

सुनको मूल्यले नयाँ रेकर्ड बनायो, तोलामा २ लाख ६१ हजार ७०० पुग्यो

काठमाडौँ : नेपाली बजारमा सोमबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २ लाख ६१ हजार ७०० रुपैयाँ पुगेको हो । जुन मूल्य हालसम्मकै उच्च भएको महासंघले जनाएको छ ।

महासंघका अनुसार सोमबार १० ग्राम सुनको मूल्य २ लाख २४ हजार ३६५ रुपैयाँ कायम भएको छ । आइतबार सुनको मूल्य तोलामा २ लाख ५८ हजार ३०० रुपैयाँ कायम भएको थियो ।

यसैबीच सोमबार चाँदीको मूल्य पनि बढेको छ । आइतबार तोलामा ४ हजार १०५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार बढेर तोलामा २ हजार २३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट