धनगढी : कैलालीको गोदावरीमा भएको सवारी दुर्घटनामा सातजना घाइते भएका छन्। उनीहरूमध्ये चारजनाको अवस्था गम्भीर रहेको छ।
जिल्लाको गोदावरी नगरपालिका–४ को वनदेवी मन्दिरअगाडि सुपप्र ०१००१ ह ८६३३ नम्बरको अटो र सुपप्र ०१००९ प ९३ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन्।
दुर्घटनामा अटो चालक गणेश आले, मोटरसाइकल चालक गोदावरी नगरपालिका–१ बस्ने निरज रावत, पछाडि सवार गोदावरी–४ लालपुर बस्ने ४६ वर्षीय भरत बुढा, अटोमा सवार ३१ वर्षीय भीमबहादुर महतरा गम्भीर घाइते गम्भीर घाइते भएका छन्।
यसैगरी चुरे गाउँपालिका–५ निवासी ४० वर्षीय चन्द्रबहादुर राना, ३० वर्षीया श्रीमती मेनुका महतरा र उनका डेढ वर्षीय छोरा रिदम महतरा पनि घाइते भएका छन्। उनीहरूको धनगढीको निसर्ग हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनाग्रस्त अटो र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij