Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

सामुदायिक रेडियो राष्ट्रिय सम्मेलन तथा अकोराबको १९ औँ साधारण सभा सौराहामा

सामुदायिक रेडियो राष्ट्रिय सम्मेलन तथा अकोराबको १९ औँ साधारण सभा सौराहामा

 चितवन :  नेपालमा सामुदायिक रेडियोहरूको राष्ट्रिय सम्मेलन तथा सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपालको १९ औँ साधारणसभा चितवनको सौराहामा सुरु भएको छ ।  सम्मेलन तथा साधारण सभामा सहभागी हुन देशभरबाट सामुदायिक रेडियो प्रसारक, रेडियोकर्मी तथा सरोकारवाला निकायका प्रतिनिधि सौराहामा भेला भएका छन् ।

हिजोबाट सुरु भएको सम्मेलन तथा साधारणसभामा सामुदायिक दिगोपन, खानेपानी र सरसफाइमा सामुदायिक रेडियोको भूमिका, नयाँ पुस्ता र रेडियो संवाद गरिएको छ ।

आज दोस्रो दिन भने सम्मेलन तथा साधारणसभाको औपचारिक उद्घाटन, डिजिटल प्लेटफर्ममा सामुदायिक रेडियो चुनौती र अवसर, नागरिक समाज र सामुदायिक रेडियो, पर्यटन प्रवर्धनमा तीन तहको सरकार र सामुदायिक रेडियोको भूमिकालगायतका बारेमा छलफल हुने अकारोबका कार्यवाहक महासचिव भक्त स्याङतानले जानकारी दिनुभयो ।

उहाँका अनुसार सौराहा घोषणापत्र जारी गर्दै सामुदायिक रेडियोहरूको राष्ट्रिय सम्मेलन तथा सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपालको १९ औँ साधारणसभा आजै समापन गरिनेछ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij