Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

चितवन अटोमोबाइल्स डिलर्स एसोसियसनको ५औँ अधिवेशन सकियो,अध्यक्षमा ईन्द्र रेग्मी

चितवन अटोमोबाइल्स डिलर्स एसोसियसनको ५औँ अधिवेशन सकियो,अध्यक्षमा ईन्द्र रेग्मी

चितवन : चितवन अटोमोबाइल्स डिलर्स एसोसियसनको ९औँ बार्षिक साधारण सभा तथा ५औँ अधिवेशन आज अजिरकोट गाउँपालिका–३ स्थित नम्कि होमस्टेमा सफलतापूर्वक सम्पन्न भएको छ।

अधिवेशनले इन्द्र प्रसाद रेग्मीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। समितिमा उपाध्यक्षमा यज्ञ प्रसाद पौडेल, सचिवमा कमल अधिकारी, कोषाध्यक्षमा होमनाथ पौडेल, र सदस्यमा क्रमशः जनक कुमार ढकाल, सुरेश चौधरी, दीपक कडेल, सन्तोष भट्टराइ, र देवेन्द्र अधिकारी सर्वसम्मत रूपमा निर्वाचित भएका छन्।

कार्यक्रम सस्थाका अध्यक्ष राजन पियाको अध्यक्षतामा सम्पन्न भएको थियो। संस्थापक अध्यक्ष इश्वर कुमार श्रेष्ठ, प्रमुख अतिथि तथा पूर्व उपाध्यक्ष र सल्लाहकार गोपाल भट्टराइ विशेष अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा सन्चालनको जिम्मेवारी सस्थाका सचिव कमल अधिकारिले सम्हालेका थिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij