भरतपुर : युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि. (टोयोटा नेपाल) ले साबिक नारायणी अञ्चलका लागि टोयोटा मोटर, स्पेयर पार्ट्स तथा लुब्रिकेन्टको बिक्री–वितरण र सवारी मर्मत सेवाका लागि अटोवेज प्रा.लि. मात्र आधिकारिक सब–डिलर रहेको जनाएको छ। भरतपुर महानगरपालिका वडा नं. १०, हाकिमचोकमा अवस्थित अटोवेज प्रा.लि. लाई टोयोटा नेपालले उक्त जिम्मेवारी दिएको हो।
अब साबिक नारायणी अञ्चलभित्र टोयोटासम्बन्धी सवारी बिक्री, स्पेयर पार्ट्स तथा मर्मत सेवा लिन उपभोक्ताहरूले यही आधिकारिक सब–डिलरमार्फत मात्र सेवा लिनुपर्ने कम्पनीले स्पष्ट पारेको छ। टोयोटा नेपालले आधिकारिक सब–डिलर बाहेक अन्य व्यक्ति वा संस्थाबाट सेवा वा सामान लिँदा हुने कुनै पनि किसिमको हानि–नोक्सानीप्रति कम्पनी जिम्मेवार नहुने जनाएको छ।
साथै उपभोक्ताहरूलाई आधिकारिक माध्यमबाट मात्र कारोबार गर्न आग्रह गरिएको छ। यसैबीच, अटोवेज प्रा.लि. ले ग्राहक सुविधालाई ध्यानमा राख्दै अत्याधुनिक सुविधासहितको नयाँ शोरुम तथा सर्भिस सेन्टर छिट्टै सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij