Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

सडकको क्षमता भन्दा बढी सवारी चलाउँदा,दुई बर्षमै भत्किन थाले फिस्लिङ्ग –शक्तिखोर सडक

सडकको क्षमता भन्दा बढी सवारी चलाउँदा,दुई बर्षमै भत्किन थाले फिस्लिङ्ग –शक्तिखोर सडक

इच्छाकामना : चितवनको इच्छाकामना गाउँपालिका २ धानबारीमा सञ्चालित चुन ढुङ्गाखानीका ट्रिपरहरुले सडकको क्षमताभार भन्दा बढी सामान बोक्ने गरेपछि फिस्लिङ शक्तिखोर सडकको पीच भत्किन थालेका छन् ।सडक निर्माण कम्पनीले आगामी जेठ सम्म मर्मत सम्भार गर्नपर्ने सम्झौता छ । तर खानीले क्षमता भन्दा बढी भार दोब्बर बोकेर सो सडक प्रयोग गरेपछि सडक निर्माण ठेकेदार कम्पनी आशिष शाञ्जी जेभीले सो सडकमा पर्न गएको असरको जिम्मा नलिने बताएको छ ।

ठेकेदार कम्पनी आशिष एण्ड शाञ्जी जेभीका इन्जियर सञ्जय कुमार महत्तोले यो सडकको षमता ९ टनको मात्र रहेको बताउनुभयो । यो सडककमा अहिले १९ टन सम्म खाानीको चुनढुङ्गा बोक्ने ट्रिपर चलिरहेको पाइएको बताउनुभयो । क्षमता भार भन्दा बढीको सामान बोकेको सवारीले सडक भत्किन सुरु भएको उहाँको भनाई छ ।

यस सडक खण्डको कालिका नगारपालिका र इच्छाकामना गाउँपालिकाको १६ किलोमटिरभित्र चुनढुङ्गा बोक्ने सवारी चलिरहेको छ । स्थानीय सरकार जिल्ला प्रशासन र आयोजनालाई पत्रचार गर्नेदेखि भेटेरै जानकारी गराएपनि कुनै सुनुवाई नभएकाले भत्किएका सडकको जिम्मेवारी निर्माण कम्पनी नहुने इन्जिनियर महतोको भनाई छ ।

चुनढुङ्गा बोकेको सवारीले सडकमा धुलो धुवा हुदाँ स्वास्थ्यको समेत असर पर्ने भन्दै स्थानीयले विरोध जनाएका छन् ।साथै वडा कार्यालयले पनि ग्रामिण सडक सञ्जाल सुधार योजना कार्यालय सानेपा काठमाडौँलाई स्थानीयको गुनासोको सुनुवाई गर्न आग्रह गर्दै तत्काल उक्त कार्य रोक्न माग गरेको छ । वडा कार्यालयले पत्र लेख्दै उक्त आग्रह गरिएको हो । एसियाली विकास बैँकको सहयोगमा उक्त सडक निर्माण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij