काठमाण्डाै : सार्वजनिक वित्त व्यवस्थापन तथा विकेन्द्रीकृत सेवा प्रवाह सुदृढीकरण कार्यक्रमको दोस्रो चरणका लागि नेपाल सरकार र एशियाली विकास बैंक -एडीबी_ बीच सहुलियतपूर्ण ऋण सम्झौता भएको छ । आज अर्थ मन्त्रालयमा आयोजित समारोहमा ऋण सम्झौतामा हस्ताक्षर भएको हो ।
सम्झौता अनुसार एशियाली विकास बैंकले नेपाल सरकारलाई १० करोड अमेरिकी डलर अर्थात् झन्डै १४ अर्ब ५६ करोड रुपैयाँ बराबरको वित्तीय सहयोग उपलब्ध गराउनेछ । २४ वर्ष अवधि रहने ऋणको शुरूका आठ वर्ष भुक्तानी छुट रहने व्यवस्था छ । ऋणको ब्याजदर पहिलो चरणमा १ प्रतिशत र त्यसपछिका वर्षहरूमा १ दशमलव ५ प्रतिशत रहनेछ ।
सार्वजनिक स्रोतहरूको प्रभावकारी उपयोग गर्दै सेवा प्रवाह सुदृढ बनाउने काममा यस कार्यक्रमको योगदान रहने अर्थ मन्त्रालयले जनाएको छ । यसले वित्तीय अनुशासन कायम राख्ने, बजेट निर्माण तथा खर्च व्यवस्थापन सुधार गर्ने, पालिकालाई थप सबलीकरण गर्ने र समग्र विकास परिणामलाई नतिजामुखी बनाउने अपेक्षा गरेको मन्त्रालयले जनाएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij