काठमाडौं :द्दामा नेपाल राष्ट्र बैंकको पत्राचारपछि मात्र सीआइबीले अनुसन्धान गर्ने प्रचलन छ। तर, यसमा सीआइबी आफैं सक्रिय भएर अनुसन्धान गरेको थियो।
जबकी बैंकका गल्ती देखिएमा राष्ट्र बैंकले निरीक्षण गरी सुधारका लागि निर्देशन दिने, जरिवाना लगाउने काम गर्दै आएको छ । गलत नियतका साथ काम भएको देखिएमा मात्र राष्ट्र बैंकले प्रहरीलाई लेख्ने गर्दछ ।
कर्जाको विषयलाई लिएर सीआइबीले अनुसन्धान गरिरहेको छ। उठिसकेका कर्जाको विषयमा पनि नियम मिचेर कर्जा प्रवाह गरेको आरोप लगाइएको छ । जबकी हरेक बैंकमा खराब कर्जा हुने गर्दछ ।खराब कर्जा उठाउने बैंकको आफ्नै प्रक्रिया भएकाले सीआइबीको अनुसन्धान सन्देशपूर्ण देखिएको बैंकिङ कानून बुझेका कानून व्यवसायी बताउँछन् ।
प्रभु बैंक कब्जा गर्न खोजिरहेको एक समूहको स्वार्थमा हाल सीआइबीले अनुसन्धान गरिरहेको आरोप लागेको छ । प्रभु बैंकसँग विगतमा सेञ्चुरी बैंक मर्ज भएको थियो । सेञ्चुरी बैंकका केही सञ्चालक तथा कर्मचारीहरु विगतमा जस्तो हालिमुहाली गर्न नपाएपछि असन्तुष्ट थिए ।
उनीहरुमध्ये एक हुन् रमेश कुमार श्रेष्ठ । उनी विगतमा सेञ्चुरी बैंकमा कार्यरत थिए । हाल प्रभु बैंकमा चिफ मार्केटिङ अफिसरमा रुपमा कार्यरत रहेकोमा सीआइबीको अनुसन्धानपछि उनलाई रश्मी पन्तको जिम्मेवारी रहेको चिफ बिजनेश अफिसरको जिम्मेवारी दिइएको छ ।
पन्तलाई पनि फसाउन सो समूह सक्रिय भएर लागेको छ । हाल प्रधानमन्त्री निकट केही व्यक्तिहरुलाई प्रभावमा पारेर उनै श्रेष्ठले सीआइबीमार्फत अनुसन्धानमा दबाब दिएको चर्चा बैंकमा छ ।सीआइबीले हाल बैंकका सीइओ अशोक शेरचनसहित मणिराम पोखरेल, रिवाज श्रेष्ठ मात्र होइन, कर्जा लिनेलाई समेत पक्राउ गरिएको छ । जसले अनुसन्धानमा प्रतिशोध देखिएको भन्दै समग्र बैंकिङ क्षेत्र नै यो घटनापछि नेपाल राष्ट्र बैंकको भूमिकाप्रति असन्तुष्ट बनेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij