Logo

Oct 14 2026 | २०८३, आश्विन २८गते

लामो समयपछि दोहोरो अंकले बढ्यो सेयर बजार

लामो समयपछि दोहोरो अंकले बढ्यो सेयर बजार

काठमाडौँ : लामो समयपछि सेयर बजार परिसूचक दोहोरो अंकले बढेको छ । साताको तेस्रो दिन मंगलबार बजार परिसूचक १८.३७ अंकले बढेको हो । यसअघि मंसिर १२ गते सेयर बजार दोहोरो अंकले बढेको थियो ।

आजको वृद्धिसँगै परिसूचक २६१९.९९ अंकमा पुगेको छ । बजारमा आज ३ अर्ब २९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बजारमा आज २५९ कम्पनीको सेयर कारोबार भएकोमा १८७ कम्पनीको मूल्य बढेको छ । ६१ कम्पनीको मूल्य घट्दा ११ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज बजारमा समूहगत परिसूचकमध्ये ट्रेडिङ क्षेत्र बाहेक सबै बढेका छन् । सबैभन्दा धेरै वृद्धि विकास बैंकको १.५६ प्रतिशत, होटेल तथा टुरिजम १.४९ प्रतिशत तथा अन्य समूहको १.१५ प्रशितले बढ्दा बाँकी समूहका सूचक एक प्रतिशत भन्दा कमले मात्रै बढेको देखिन्छ । बजारमा आज स्वस्तिक लघुवित्त, नारायणी विकास बैंक र एसवाई प्यानलको शेयरमा सकारात्मक सर्किट लागेको छ । स्वेचगंगा हाइड्रोको मूल्य सबैभन्दा धेरै ४.१६ प्रतिशतले घटेको छ ।

बजारमा आज ङादी पावर कम्पनीको १९ करोड र लुम्बिनी विकास बैंकको १० करोड रुपैयाँको कारोबार बाहेक अन्य कम्पनीको उल्लेख्य कारोबार भएनन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट