भरतपुर : चितवनमा होण्डको कारका ग्राहकवगलाई लक्षित गर्दै जेन्युन अटो वल्र्डले अत्याधुनिक सुविधा सम्पन्न सर्भीस् सेन्टर सुभारम्भ गरेको छ । होण्डा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रा ली को आधिकारिक सर्भीस् सेन्टरका रुपमा रहदै सर्भीस् सेन्टर सुभारम्भ गरेको हो ।
यसअघि जेन्युनले नै टोयटा व्राण्डको कार तथा गाडीहरूको सर्भीस् तथा स्पेयर विगत १५ वर्षदेखि सेवा दिदै आईरहेको छ जेन्युन अटोका अध्यक्ष ईन्द्र रेग्मीले भन्नुभयो-अब दुवै जापानीज व्राण्डका कार तथा गाडीहरूको सर्भीस् एकै ठाँउमा हुनेछ । जेन्युन अटो वल्र्डको अत्याधुनिक सर्भीस् सेन्टरको स्याकार ट्रेडिङकका अध्यक्ष सौरम्भ ज्योती र प्रबन्ध निर्देशक सिर्जना जोशीले रिबन काटेर उद्धघाटन गरेका थिए ।्

होण्डाका ग्राहकहरुलाई मध्येनजर गरि वागमती प्रदेशको चितवन आसपासका शहरहरुलाई लक्षित गरि होण्डसँग सहकार्य गर्दै अत्याधुनिक सर्भीस् सेन्टर सुभारम्भ गरेको जेन्युन अटो वल्र्डका अध्यक्ष ईन्द्र रेग्मीले प्रष्ट पार्नुभयो । सो अवसरमा बोल्दै स्याकार ट्रेडिङका अध्यक्ष सौरभ ज्योतीले ग्राहक वर्गहरुको मागलाई ध्यान दिदै जेन्युन अटोसँगको सहकार्यमा सञ्चालन आएको सर्भीस् सेन्टरले स्पेयर पाट्स र सर्भीस् मा विशेष ध्यान दिने बताउनुभयो । साथै नयां कारको लञ्चिगंसगै सोरूम पनि छिटै चितवनमा सञ्चालन हुने जानकारी गराउनुभयो ।

यसैविच शुभारम्भसगैँ सर्भिस सेन्टरमा तीन दिने फ्रि सर्भिस क्याम्प सुरू समेत भएको छ । जसमा कम्पनीले लेबर चार्जमा २० प्रतिशत, पार्टसमा ७ प्रतिशत, ल्युबमा ५ प्रतिशत र एचडीएस स्क्यानमाका साथै २००१ मोडल देखि २०१४ मोडलसम्मका कम्पनीले तोकिएका गाडीहरुमा होण्डा सेफ्टी रि कल अन्र्तगत निःशुल्क एयर ब्याग पनि परिवर्तन गरेको छ । भविष्यमा पनि कम्पनीले आफ्ना ग्राहकहरुलाई यस्तै प्रकारका सेवा प्रदान गर्ने जानकारी दिएको छ ।

क्याम्पमा ग्राहकले गाडीको सर्भिसिङ एवम् स्क्यानिङ, एयर ब्याग, ब्याट्री हेल्थ चेकअप, टायर निरीक्षणको साथै विभिन्न ३२ प्वाइन्ट निरीक्षण निःशुल्क रुपमा गराउन सक्नेछन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij