Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

क्याची टुर्स एण्ड ट्राभल्सको ९ औँ वार्षिकोत्सव, विशेष छुटका प्याकेज सार्वजनिक

क्याची टुर्स एण्ड ट्राभल्सको ९ औँ वार्षिकोत्सव, विशेष छुटका प्याकेज सार्वजनिक

चितवन : क्याची टुर्स एण्ड ट्राभल्स प्रालिले आफ्नो ९ औँ वार्षिकोत्सव भव्य कार्यक्रमसहित मनाएको छ। उक्त अवसरमा आयोजित समारोहमा गलेश्वर आश्रमका १००८ अनन्तश्री विभूषित महामण्डलेश्वर स्वामी आत्मानन्द गिरी जी महाराजले आशीर्वाद प्रदान गर्दै कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो।

 

वार्षिकोत्सवको अवसरमा क्याची टुर्स एण्ड ट्राभल्सले विभिन्न आकर्षक छुटका भ्रमण प्याकेजहरू सार्वजनिक गरेको छ। कार्यक्रममा बोल्दै क्याची टुर्स एण्ड ट्राभल्सका प्रबन्ध निर्देशक राहुल कुमार सिंहले देश तथा विदेशका लागि गुणस्तरीय भ्रमण सेवा उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो।

उहाँका अनुसार वार्षिकोत्सवको अवसरमा साताभरि क्याचीका जुनसुकै सेवामा ९ प्रतिशत छुट प्रदान गरिनेछ। साथै सेवा लिनेहरूमध्ये ९ जनालाई विशेष उपहार प्रदान गरिनेछ। यसै अवसरमा सिंगापुर, भियतनाम र थाइल्याण्डका लागि ४ रात ५ दिनको पाँचतारे होटलसहितको विशेष प्याकेजसमेत लागू गरिएको छ।

क्याची टुर्स एण्ड ट्राभल्सले युरोप, अमेरिका (युएसए), इन्डोनेसिया, थाइल्याण्ड, सिंगापुर, भारतलगायत विश्वका विभिन्न मुलुकका लागि भ्रमण प्याकेज तथा टिकटिङ सेवा प्रदान गर्दै आएको जनाएको छ। ‘नेपालीहरूले सहज रूपमा खर्च गर्न सक्ने गरी सस्तो, सुरक्षित र गुणस्तरीय सेवा प्रदान गर्ने हाम्रो उद्देश्य हो,’ प्रबन्ध निर्देशक सिंहले बताउनुभयो।

कम्पनीले देशभित्र घुम्न चाहने पर्यटकहरूका लागि पनि विभिन्न प्याकेजमा यातायात सुविधा उपलब्ध गराउने जनाएको छ। साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई टिकट, डिलक्स पर्यटक बसको टिकटिङ सेवा, कार, जिप, भ्यान तथा डिलक्स बस रिजर्भेसन सेवा समेत प्रदान गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij