चितवन : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले मुग्लिङ–नौविसे सडकमा राति पनि काम गर्न निर्देशन दिनुभएको छ । आइतबार साँझ मुग्लिङ–नौविसे सडकखण्डको पश्चिम खण्ड मुग्लिङ–मलेखु सडको प्रगतिबारे अनुगमन गर्दै मन्त्री घिसिङले काम चाँडो सम्पन्न गर्नका लागि कामदारको संख्या बढाएर रातिमा पनि काम गर्न निर्देश्न दिनुभएको हो । सवारी रोकेर मात्र रातिमा काम गर्न सकिने ठेकेदार कम्पनिका प्रतिनिधिहरुले बताएका छन् ।
साथै विद्युत पोल यथा सिघ्र सार्नको लागि सोहन कन्ट्रक्सनलाई निर्देश्न दिनुभएको छ । फिस्लिङ लगायतका क्षेत्रहरुमा विद्युतको पोल नसार्दा काम अघि बढ्न नसकेपछि तत्काल पोल हटाउन ठेक्का पाएका सोहन कन्ट्रक्सनका प्रतिनिधिलाई निर्देशन दिनुभएको हो । कन्ट्रक्सनका इन्जिनियर सञ्जय यादवले दुई/चार दिनभित्र पोल सार्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij