Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

श्रीलक्ष्मीवैकुण्ठनाथ मन्दिर र गुरुकुलको साधारण सभा तथा अधिवेशन सम्पन्न

श्रीलक्ष्मीवैकुण्ठनाथ मन्दिर र गुरुकुलको साधारण सभा तथा अधिवेशन सम्पन्न

चितवन : श्रीलक्ष्मीवैकुण्ठनाथ मन्दिर एवम् यसअन्तर्गत संचालित श्रीवैकुण्ठनाथ परमवैदिक विद्याप्रतिष्ठानम् (गुरुकुलम्) भरतपुर -४ , धर्मचोक , लङ्कु, चितवनको साधारण सभा तथा अधिवेशन हिजो शनिवार सम्पन्न भएको छ।

मन्दिर सञ्चालक समितिका अध्यक्ष एवम् पीठाधीश स्वामी जगन्नाथाचार्यको सभापतित्व, हरिहर सन्न्यास आश्रम , देवघाटधामका स्वामी विमलानन्द सरस्वती महाराजको प्रमुख आतिथ्य तथा शुकदेव भागवत आश्रम गैंडाकोटका उत्तराधिकारी स्वामी लक्ष्मणाचार्यको विशिष्टतम आतिथ्यमा सम्पन्न उक्त साधारणसभामा मन्दिर संचालक समितिका निवर्तमान सचिव भूमीश्वर सापकोटाले सचिवको प्रतिवेदन ,कोषाध्यक्ष ज्यो. माधव सापकोटाले लेखापरीक्षण प्रतिवेदन , गुरुकुल संचालक समितिका सचिव एवम् प्रधानाध्यापक नारायणप्रसाद सापकोटाले सचिवको प्रतिवेदन, गुरुकुल संचालक समितिका निवर्तमान कोषाध्यक्ष लक्ष्मीदेवी सापकोटाले गुरुकुलतर्फको लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको सो कार्यक्रममा वैदिक धर्म परिषद् नेपालका केन्द्रीय अध्यक्ष ध्रुवराज शर्मा अर्याल , शेषलक्ष्मीनारायण मन्दिर क्षेत्रपुरका मठाधीश स्वामी पद्मनाभाचार्य, हरिकीर्तन धार्मिक संस्थाका पीठाधीश स्वामी अनन्तप्रपन्नाचार्य( अखण्ड बाबा) , स्वामी रङ्गराजाचार्य , मन्दिरद्वारा संचालित गुरुकुलका पूर्व प्रधानाध्यापक दामोदर सापकोटा , डा. लक्ष्मीनाथ कंडेल , मन्दिरका संस्थापक धनेश्वर सापकोटा , जैसी टीकाराम सापकोटा , भूपतिदास सापकोटा लगायतको उपस्थिति रहेको थियो। सो कार्यक्रममा ८४ वर्ष पूरा भएका वृद्ध – वृद्धाहरूको सम्मानसमेत गरिएको थियो।

मन्दिर संचालक समितिका निवर्तमान उपाध्यक्ष कमलनयन कंडेलको स्वागत मन्तव्य तथा गुरुकुलका विद्यार्थीहरूको वैदिक एवम् पौराणिक मङ्गलाचरणका साथ सुरुवात भएको उक्त कार्यक्रमको संचालन डा . गोपीनाथ कंडेलले गर्नुभएको थियो। अधिवेशनले आगामी ३ वर्षका लागि मन्दिर संचालक समितिमा २ जना सदस्य र गुरुकुल संचालक समितमा १ जना सदस्य पछि मनोनीत हुने गरी मन्दिर एवम् गुरुकुल संचालक समिति गठन गरेको छ। नेपाल संस्कृत विश्वविद्यालयका सह- प्रा. डा, रामचन्द्र कंडेल , रोमाकान्त कंडेललगायतको निर्वाचन समितिले निर्वाचनकार्य सम्पन्न गराएको थियो । मन्दिर संचालक समितिको अध्यक्षमा महन्त नै पदेन अध्यक्ष हुने विधानअनुरूप अध्यक्षमा स्वामी श्री जगन्नाथाचार्य , उपाध्यक्षमा राधादेवी शर्मा कँडेल , सचिवमा डा. गोपीनाथ कँडेल ,सह- सचिवमा श्रीहरि ( हरीश )कँडेल,कोषाध्यक्षमा लक्ष्मीदेवी सापकोटा,सदस्यमा तुलसीदास ( तारानाथ) कँडेल,नारायण भण्डारी,कौशिला खरेल हरिनारायण सापकोटा चयन हुनुभएको छ।

त्यस्तै अधिवेशनले कमलनयन कंडेलको अध्यक्षतामा श्री वैकुण्ठनाथ परमवैदिक विद्या-प्रतिष्ठानम्(गुरुकुलम्) सञ्चालक समिति गठन गरेको छ । नव गठित गुरुकुल समितिको उपाध्यक्षमा नृसिंह कँडेल , सचिवमा नारायणप्रसाद सापकोटा , सहसचिवमा श्रीहरि( हरीश) कँडेल, कोषाध्यक्षमा उमानाथ भण्डारी , सदस्यमा रामचन्द्र सापकोटा ,इन्दिरा भण्डारी ,उद्धव अर्याल, डा. गोपीनाथ कण्डेल ,लक्ष्मीदेवी सापकोटा चयन हुनुभएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij